काठमाडौं । नेपाल टेलिकमले दशैं र तिहारलाई लक्षित गर्दै डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको पर्व अफर सार्वजनिक गरेको छ । टेलिकमले असोज १९ गते देखि कात्तिक २ गतेसम्मको लागि सो अफर ल्याएको हो । तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने कम्पनीले जनाएको छ।
टेलिकमले डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ ।
भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन ९२४ घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत् रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । जसमा २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।
उल्लेखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असोज २०७८, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो
नेपाल टेलिकमको नेटवर्कमा समस्या
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने