माधव नेपाल सामु वामदेव गौतमका ४ शर्त

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ०९ : ४१
माधव नेपाल सामु वामदेव गौतमका ४ शर्त

काठमाडौं । एमाले विभाजनपछि न एमाले न एकीकृत समाजवादी, कतै पनि नखुलेका र यता न उताका परेका वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटेर ४ बुँदे शर्त राखेका छन् । मन आफ्नो माधव नेपालतिरै आउने र ओली छोडने तिर नै रहेको भएपनि नेपालसँग आफ्ना ४ वुँदे शर्तमा सहमति जनाएमात्रै आउन सक्ने सन्देश सुनाएका छन् ।

वामदेवले नेपालसँग ४ वुँदे शर्त अगाडी सारेका छन् ।

गौतमले राखेका ४ वुँदे शर्त यस्ता छन् :
१) जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने । माधव नेपालको नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गनिर्देशक सिद्दान्तका रुपमा जनताको बहुदलीय जनवाद (जबज) लाई मान्नुपर्ने वामदेव गौतमको माधव नेपालसामु पहिलो शर्त छ । २०४९ माघ १४–२० मा काठमाडौंमा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित ‘नेपाली क्रान्तिको कार्यक्रम, जनताको बहुदलीय जनवाद’ पारित गरेको थियो। त्यसबेला देखि नै एमालेले जनताको बहुदलीय जनवादलाई कार्यक्रम बनाउँदै आएको छ ।

तर माधव नेपालको पार्टी एकीकृत समाजवादीले पार्टीको रणनीतिक लक्ष्य ‘लोकतान्त्रिक मूल्य मान्यतासहितको वैज्ञानिक समाजवाद’लाई बनाएको छ। पार्टीका लागि बनाएको घोषणापत्रमा ‘जनताको बहुदलीय जनवादका मूल्य मान्यताहरूको रक्षा र थप विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने’ उल्लेख छ ।

यी चार शर्त माधव नेपालले माानेमा आफु एकीकृत समाजवादी पार्टीको उपाध्यक्षका रुपमा पार्टीमा रहन सक्ने सन्देश बिहिबार नेपाललाई भेटेर सुनाएका छन् । उनले शुरुमा पार्टीमा दुई अध्यक्ष राख्न र आफुलाई सहअध्यक्ष राख्न पनि माधव नेपालसँग माग गरेका थिए । तर नेपालले खनाल वरिष्ठ नेता रहने भन्दै वरियतामा खनाललाई राख्नुपर्ने बताएका थिए ।

पार्टीको घोषणापत्रमा यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य–मान्यतासहितको वैज्ञानिक समाजवाद हुने उल्लेख छ । जबजलाई  टेक्ने तर नबोक्ने नीति लिएपछि प्रदीप नेपालले यसैमा असहमति जनाएर माधव नेपालसँग आफु नरहने र ओलीसँग पनि नरहने बताईसकेका छन् । वामदेवले जवजलाई छोडन नहुने बताईरहेका छन् । त्यही शर्त उनले माधव नेपालसँग राखेका हुन् ।

२) कार्यकारी राष्ट्रपतिको ब्यवस्था :
माधव नेपालसँग बामदेवले राखेको दोस्रो शर्त हो, पार्टीले कार्यकारी राष्ट्रपतिको एजेण्डा बोक्नुपर्छ । कार्यकारी प्रधानमन्त्रीको ब्यवस्थाले मुलुकमा स्थिरता दिन नसकेको र देशलाई समृद्ध बनाएर लैजानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने शर्त वामदेव गौतमले माधव नेपालसँग राखेका हुन् । संविधान निर्माणका क्रममा माओवादीले यो एजेण्डा उठाएको थियो ।

तर एमालेले प्रधानमन्त्री नै कार्यकारी हुनेपर्ने अडान लिएको थियो । बीचको बाटोको रुपमा कार्यकारी प्रधानमन्त्री हुने गरी संविधान बनाईएको थियो । माधव नेपालको पार्टीले यो एजेण्डा उठाउनु पर्ने गौतमको शर्त छ ।

३)  पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने : 
नेकपा एकीकृत समाजवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्वन गर्नुपर्ने र त्यसको एजेण्डा बोक्नुपर्ने शर्त पनि माधव नेपालसामु वामदेव गौतमले राखेका छन् । यो एजेण्डा पनि माओवादीले उठाएको थियो । पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विषयमा माओवादीले संविधान निर्माणकै क्रममा नोट अफ डिसेन्ट राखेका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट«पति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था भए निर्वाचन मँहगो नहुने र स्थिरतामा मुलुक जाने गौतमको प्रस्ताव छ । यही प्रस्ताव माओवादीको थियो ।

४) संघीयता परिमार्जन : 
गौतमले चौथो शर्तका रुपमा संघीयता परिमार्जनको प्रस्ताव पनि माधव नेपालसँग राखेका हुन् । तर यसमा गौतमले थप खुलाएका छैनन् । उनले संघीयता परिमार्जन के कसरी गर्ने ? भन्नेमा थप ब्याख्या गरेका छैनन् । तर उनले नेपालसँग संघीयता परिमार्जन को एजेण्डा पनि उठाएका छन् ।

यी चार शर्त माधव नेपालले माानेमा आफु एकीकृत समाजवादी पार्टीको उपाध्यक्षका रुपमा पार्टीमा रहन सक्ने सन्देश बिहिबार नेपाललाई भेटेर सुनाएका छन् । उनले शुरुमा पार्टीमा दुई अध्यक्ष राख्न र आफुलाई सहअध्यक्ष राख्न पनि माधव नेपालसँग माग गरेका थिए । तर नेपालले खनाल वरिष्ठ नेता रहने भन्दै वरियतामा खनाललाई राख्नुपर्ने बताएका थिए ।

त्यसपछि पनि गौतमले आफुलाई तेस्रो वरियतामा राखेपनि हुने तर सहअध्यक्ष बनाउन माधव नेपालसँग भनेका थिए । तर नेपालले यस विषयमा कुनै जवाफ गौतमलाई दिएनन् । त्यसपछि नेपालको पार्टीले एउटै अध्यक्ष, वरिष्ठ नेता, उपाध्यक्ष लगायतका पदाधिकारी राख्ने गरी विधानको ब्यवस्था गर्यो । त्यसपछि भने गौतमले उपाध्यक्षमै रहन सक्ने तर आफना ४ शर्त पार्टीले मान्नुपर्ने बताएका हुन् । नेपालले भने गौतमलाई छिटो पार्टीमा आउन र पार्टीभित्रै आएर यी विषयमा छलफल गरेर जान आग्रह गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस