म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगङ्गा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ । तलाउ भरिएर कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत साउन ८ गते धौलागिरि गाउँपालिका–१ खास्टा भन्ने ठाउँमा पहिरो खसेर म्याग्दी नदीको सहायक गुर्जा खोला थुनिँदा बनेको तलाउ अझै छ । रघुगङ्गा र गुर्जाको तलाउ एकै पटक फुटेर बगेका अवस्थामा तटीय क्षेत्रमा बाढी आउने र कटान गर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
कालीगण्डकी, म्याग्दी र रघुगङ्गा जलाधार क्षेत्रमा विभाजित जिल्लामा बर्सेनि पहिरोले नदी थुनिने, बाढी आउने र कटान गर्ने समस्या छ । म्याग्दीसमेत कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल कमजोर भूगोल र भिरालो जमिन भएको म्याग्दीमा गहिरिएर बगेका नदी थुनिने जोखिम धेरै भएको बताउँछन् ।
“खोलाभन्दा माथिल्लो क्षेत्रको जमिन धेरै भिरालो मात्र होइन पहाडको चट्टान र माटो कमजोर छ”, उनले भने, “अत्यधिक वर्षा, भूकम्प, विकास निर्माणजस्ता प्राकृतिक र मानवीय कारणले जमिन असन्तुलित भएर पहिरो खस्दा साँघुरो भई गहिरिएका खोला थुनिएका हुन् ।” जिल्लामा बर्खा र हिउँद याम दुवै समयमा पहाड भत्किएर तथा पहिरो खसेर नदी थुनिएको इतिहास छ । बर्खामा बर्सातको कारण खसेको पहिरोले नदी थुनिने गर्छ । हिउँदमा भूकम्प र आफैँ पनि सुक्खा पहिरो गएको एक दशकभन्दा बढी समय म्याग्दीमा बसेर काम गर्नुभएका उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ भदौ २०७८, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले महाकाली राजमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध
पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
घोराही–थबाङ सहिदमार्गमा दुई ठाउँमा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध