काठमाडौ । जेनजी आन्दोलनका कारण सत्ता खोसिएपछि चिन्तामा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नुपर्ने महसुस गरेका छन्।
हाल फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन्।
थापाको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन्। त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाइरहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ। बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफ्नै भूल गरेपछि मात्र सिक्छन्। अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्।’
एमाले महासचिव पोखरेलले कामको लामो अनुभव सँगालेका थापाको उक्त विचार अहिलेको सन्दर्भमा निकै सान्दर्भिक लागेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री सुशीला कोइरालाले तीन मन्त्री चयन गरेको दिन आइतबार राति एमाले महासचिव पोखरेलले उक्त स्टाटस लेखेका हुन्।
जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख बनेकी पूर्वप्रधानन्यायाधीश (गैरसांसद) सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् भने मन्त्रीहरू पनि धमाधम गैरसांसद बनिरहेका छन् अर्थात् राजनीतिक दल निषेध देखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल