बैतडी । वर्षासँगै पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गत यहाँको दोगडाकेदार-५ सलसेनास्थित साजाधारमा आज बिहान पहिरो खसेको स्थानीय शेरसिंह कार्कीले जानकारी दिए । उनले भने, ‘वर्षापछि सडक माथिबाट ठूलो पहिरो खसेको छ । सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध छ ।’
राजमार्ग अवरुद्ध हुँदा महेन्द्रनगर, धनगढी, काठमाडौँका साथै सदरमुकामसँगको सडक सम्बन्ध टुटेको छ । यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ भदौ २०८२, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा