काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदबाट सिफारिस भएर नियुक्त भएका संवैधानिक आयोगका २ जना पदाधिकारीले राजीनामा दिएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्यप्रसाद ढुंगेल र मधेसी आयोगका सदस्य विजयकुमार गुप्ताले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार स्वीकृत गरेका हुन् ।
नेपालको संविधानको धारा २४८ को उपधारा ५ को खण्ड क बमोजिम भदौ २९ गतेदेखि लागू हुने गरी मानव अधिकार आयोगका सदस्य ढुंगेलले र मधेसी आयोग ऐन, २०७४ को दफा ४ को खण्ड ‘क बमोजिम आइतबारदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक आयोगमा नियुक्ति खारेज वा वैध ? आज सर्वोच्चले सुनाउदैछ ऐतिहासिक फैसला
संवैधानिक आयोगको नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै