चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ६:३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै लामो र छोटो दुरोका सवारीसाधन बाटोमै रोकिएका छन् ।
सडक सुचारु गर्न इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम शुरू भएको छ । यो सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भए पनि हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ भने सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यता हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ भदौ २०८२, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो
पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध
पहिरोले बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध
गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध