काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार शथपलगत्तै पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।
जेनजी प्रदर्शनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री खनालले नर्णय नै टुक्रे योजना कार्यान्वयन नगर्ने, राजनीतिक दबाबका आधारमा अघि बढेका आयोजना कटौती गर्ने लगायतका निर्णय गरेका छन् ।
सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम राखिएको थियो ।
उक्त कार्यक्रममा पर्वतका शालिकराम पौडेल पनि पुगेका रहेछन् । उमेरले पाका देखिने पौडेल अर्थमन्त्री खनालले आफ्ना कुरा राखुन्जेल सुनेर बसिरहे ।
जब खनालले आफ्ना कुरा राखिसके, अनि उनी अघि बढे ।‘आफ्ना कुरा पनि केही राख्नुछ’ भन्दै अर्थमन्त्रीको छेवैमा पुगेका उनले अर्थसचिव घनश्याम उपाध्यायको कार्यशैलीमाथि प्रश्न उठाए ।
‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थसचिव उहाँ (घनश्याम उपाध्यायतर्फ औंला देखाउँदै) नै हो नि, हैन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ उनको प्रश्न थियो ।
उनलाई सुरक्षाकर्मीले रोक्न खोजे । अर्थमन्त्रीले उपाध्यायलाई सोधे– उहाँ को हो ?
सचिव उपाध्यायले जवाफ दिए– खै, मलाई थाहा छैन ।बीचमै अर्थमन्त्रीले भने, ‘त्यो म मिलाउँला, हेरौंला ।’
अर्थमन्त्री खनालले त्यसबारे अहिले नै निर्णय भइसकेको बताए । अर्थमन्त्री खनालले आजै आफूले गरेको निर्णयको आशय त्यही भएको उनलाई बताएका थिए ।
‘त्यो निर्णय भइसकेको छ, म पछि हेरौंला,’ अर्थमन्त्रीको जवाफ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता