काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार शथपलगत्तै पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।
जेनजी प्रदर्शनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारका अर्थमन्त्री खनालले नर्णय नै टुक्रे योजना कार्यान्वयन नगर्ने, राजनीतिक दबाबका आधारमा अघि बढेका आयोजना कटौती गर्ने लगायतका निर्णय गरेका छन् ।
सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम राखिएको थियो ।
उक्त कार्यक्रममा पर्वतका शालिकराम पौडेल पनि पुगेका रहेछन् । उमेरले पाका देखिने पौडेल अर्थमन्त्री खनालले आफ्ना कुरा राखुन्जेल सुनेर बसिरहे ।
जब खनालले आफ्ना कुरा राखिसके, अनि उनी अघि बढे ।‘आफ्ना कुरा पनि केही राख्नुछ’ भन्दै अर्थमन्त्रीको छेवैमा पुगेका उनले अर्थसचिव घनश्याम उपाध्यायको कार्यशैलीमाथि प्रश्न उठाए ।
‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थसचिव उहाँ (घनश्याम उपाध्यायतर्फ औंला देखाउँदै) नै हो नि, हैन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ उनको प्रश्न थियो ।
उनलाई सुरक्षाकर्मीले रोक्न खोजे । अर्थमन्त्रीले उपाध्यायलाई सोधे– उहाँ को हो ?
सचिव उपाध्यायले जवाफ दिए– खै, मलाई थाहा छैन ।बीचमै अर्थमन्त्रीले भने, ‘त्यो म मिलाउँला, हेरौंला ।’
अर्थमन्त्री खनालले त्यसबारे अहिले नै निर्णय भइसकेको बताए । अर्थमन्त्री खनालले आजै आफूले गरेको निर्णयको आशय त्यही भएको उनलाई बताएका थिए ।
‘त्यो निर्णय भइसकेको छ, म पछि हेरौंला,’ अर्थमन्त्रीको जवाफ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
अर्थमन्त्री वाग्लेले किन यस्तो भने : ‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र म माथि आक्रमण भयो'
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
अर्थमन्त्री वाग्लेले पत्रकारहरूसँग अन्तरक्रिया गर्ने
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने