काठमाडौं । सूचना संकलन र सम्भावित अराजकता नियन्त्रणको काम सन्तोषजनक गर्न नसकेको आरोप खेपिरहेको राष्ट्रिय अनुसन्धान विभागको नयाँ प्रमुख को बन्छन् ? अहिले चासो छ । दुई दिनको नरसंहार र विध्वसंकारी उथलपुथलपछि चुनावी अन्तरिम सरकारको नेतृत्व गर्न आईपुगेकी सुशीला कार्की नेतृत्को सरकारले आज वा भोलि नै यस बारेमा निर्णय गर्ने तयारी गरेको छ ।
कार्की प्रधानमन्त्री नियुक्त भएको दिन देखि नै गुप्तचर प्रमुख हुतराज थापा अनिवार्य अवकासमा गएपछि उक्त पद रिक्त छ । थापा ३ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाशमा गएका हुन्। उनी २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए।
त्यसपछि निमिक्तको जिम्मेवारी बैतडीका ओम जोशीले सम्हाल्दै आएका छन् । जोशी र जुम्लाका टेकेन्द्र कार्की दुई जना अहिले नयाँ गुप्तचर प्रमुख बन्न प्रतिस्पर्धामा छन् ।
प्रधानमन्त्री कार्कीले आजै विहान साँढे ११ बजे गृहमन्त्रीमा ओमप्रकाश अर्यालसहितका केही मन्त्रीलाई सपथ ग्रहण गराएपछि बस्ने क्याबिनेट बैठकबाट नयाँ गुप्तचर प्रमुखको निर्णय लिने तयारी भएको छ । त्यसक्रममा जोशी या कार्कीमध्येबाट एक जनालाई प्रमुख बनाउने गरी तयारी भएको छ । दुवै प्रतिस्पर्धी जोशी र कार्की अवकासमा गएका हुतराज थापासँगै २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन्।
बैतडी घर भएका जोशी ३ वर्षअघि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका थिए भने जुम्ला घर भएका कार्की त्यसको डेढ महिनापछि उक्त पदमा पुगेका हुन्। सोही आधारमा थापा अनिवार्य अवकाशमा गएसँगै जोशीले दुई दिन यता निमिक्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।
उनी केपी ओली नेतृत्वको सरकार टिकिरहेको भए नयाँ गुप्तचर प्रमुख बन्ने सम्भाबना रहेको थियो । तर अहिले उनलाई उछिनेर कार्कीले गुप्तचर प्रमुख उछिछटाउने सम्भाबना बलियो रहेको चर्चा छ ।
जोशी कांग्रेस सभापति शेरवहादुर देउवा र निर्वतमान गृहमन्त्री रमेश लेखकसँग नजिक सम्वन्धमा रहेको र सोही कारण उनलाई गुप्तचर प्रमुख बनाउन नहुने भन्दै प्रधानमन्त्री कार्कीको कानमा सूचना पुरयाएको छ । कार्कीलाई गुप्तचर प्रमुख बनाउन अहिलेका मुख्यसचिव एकनारायण अर्याल आफै लागिपरेको र त्यसबारेमा प्रधानमन्त्री सँग उनले सूचना समेत पुरायाईसकेको बताइएको छ ।
त्यसो हुँदा प्रधानमन्त्री सुशीला कार्कीले गुप्तचर प्रमुख पनि कार्कीलाई नै बनाउने सम्भाबना बलियो देखिएको छ । अनुसन्धान विभाग हाल प्रधानमन्त्रीको प्रत्यक्ष मातहत राखिएको छ। यसको प्रमुखको नियुक्ति पनि मन्त्रिपरिषदबाट हुन्छ।
यीमध्ये जो प्रमुख भए पनि ३ वर्षको पूरा कार्यकाल अनुसन्धान विभागको नेतृत्व गर्न पाउनेछन्। प्रमुख हुन नसकेकाले अबको २ वर्षमै पाँच वर्षे पदावधिको हदका कारण घर जानुपर्नेछ।
स्रोतका अनुसार, आइतबार प्रधानमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरुको बैठकमा पनि निमिक्त भएपनि जोशीलाई नबोलाई कार्कीलाई बोलाइएको थियो । यसबाट पनि जोशी भन्दा कार्की नै बलियो देखिएका छन् ।
‘पहिले जोशी हुन्छन की जस्तो थियो, तर अहिले वातावरण फेरिएको छ । कार्कीले गुप्तचर प्रमुख उछिछटाउने सम्भाबना बलियो बनेको छ । जोशी कमजोर र कार्की बलियो देखिएका छन्,’ गुप्तचरकै एक हाकिमले बताए ।
सम्भबत आज मन्त्रिपरिषद् विस्तार पछि बस्ने मन्त्रिमण्डल बैठकले यसबारेमा निर्णय लिने सम्भाबना रहेको पनि ती गुप्तचरका हाकिमले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले बन्द गर्यो युक्रेनसँग गुप्तचर जानकारी आदानप्रदान