काभ्रे । पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ।
काभ्रेको रोशी गाउँपालिकाका दुई ठाउँमा गएराति सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
रोशी गाउँपालिका वडा नम्बर–९ को बिरुवा डाँडा र १२ नम्बर वडाको माम्तीमा पहिरो खसेको हो।
घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली खटिएका छन्। जेसीबीको सहायताले पहिरो हटाउने पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु