काठमाडौं । रोल्पामा दुई स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोका कारण घोराही–थबाङ सहिदमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार (भदौ ८) बिहान करिब ७ः२० बजे माडी गाउँपालिका–२, उपल्लो डेरास्थित सडकमा पहिरो खसेको हो । बाटोमाथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रोल्पाकै त्रिवेणी गाउँपालिका–२, भागोबारीमा पनि घोराही–थबाङ सहिदमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान करिब साढे ७ बजे उक्त स्थानमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा