काठमाडौं । रोल्पामा दुई स्थानमा सडक अवरुद्ध भएको छ । पहिरोका कारण घोराही–थबाङ सहिदमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार (भदौ ८) बिहान करिब ७ः२० बजे माडी गाउँपालिका–२, उपल्लो डेरास्थित सडकमा पहिरो खसेको हो । बाटोमाथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रोल्पाकै त्रिवेणी गाउँपालिका–२, भागोबारीमा पनि घोराही–थबाङ सहिदमार्ग अवरुद्ध भएको छ । आइतबार बिहान करिब साढे ७ बजे उक्त स्थानमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ भदौ २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु