काठमाडौँ। संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदै छ । त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन् ।
कर्मचारीको कुलिङ पिरियडमा भएको गडबडीका कारण विवादमा आएपछि खतिवडाले राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए । खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाइएको छ । न्यौपाने यसअघि सुनुवाइ समितिको पनि सभापति थिइन् ।
न्यौपाने यही भदौ १० गते राज्य व्यवस्था तथा सुशासन समितिको सभापति भएयता सुनुवाइ समिति सभापतिविहीन छ । प्रतिनिधि सभा नियमावलीमा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । यो व्यवस्थाको पालना गर्ने हो भने यही भदौ २५ गतेसम्म संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भइसक्नुपर्छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीका नियम २५ मा राजीनामा दिएमा सभापति पद रिक्त हुन सक्ने लगायतका प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ भदौ २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
‘पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु’: रामहरि खतिवडा