काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका सचिव योगेश भट्टराईको आमा महेन्द्रादेवी भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीका तर्फबाट आज पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले क्रियापुत्री बसेको घर भक्तपुरको पेप्सीकोला पुगी श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँकी आमा महेन्द्रादेवीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । “महेन्द्रादेवीको निधनले हाम्रो पार्टीलाई अत्यन्त दुःखी बनाएको छ,” श्रद्धाञ्जलिमा भनिएको छ ।
पार्टी अध्यक्ष ओलीले यस दुःखद घडीमा पार्टी दिवगङ्त आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकमग्न पार्टी सचिव भट्टराईलगायत सबै परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । महिन्द्रादेवी भट्टराई यही साउन २३ गते ९५ वर्षको उमेरमा काठमाडाँैमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३२ साउन २०७८, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली