काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका सचिव योगेश भट्टराईको आमा महेन्द्रादेवी भट्टराईको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीका तर्फबाट आज पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले क्रियापुत्री बसेको घर भक्तपुरको पेप्सीकोला पुगी श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँकी आमा महेन्द्रादेवीको निधनप्रति दुःख व्यक्त गरेका हुन् । “महेन्द्रादेवीको निधनले हाम्रो पार्टीलाई अत्यन्त दुःखी बनाएको छ,” श्रद्धाञ्जलिमा भनिएको छ ।
पार्टी अध्यक्ष ओलीले यस दुःखद घडीमा पार्टी दिवगङ्त आमाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकमग्न पार्टी सचिव भट्टराईलगायत सबै परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । महिन्द्रादेवी भट्टराई यही साउन २३ गते ९५ वर्षको उमेरमा काठमाडाँैमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३२ साउन २०७८, २१ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी