रुपन्देही । लुम्बिनी प्रदेशमा विशेष अधिवेशनबाट विपक्षी गठबन्धनले सरकार गठनको तयारी गरेपछि अप्ठ्यारोमा परेको सत्तापक्ष आन्तरिक तयारीमा जुटेको छ ।
प्रदेशको विशेष अधिवेशन रोक्ने एमालेको निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ नगरेपछि सत्तापक्ष मंगलबार दिनभरि छलफलमा जुट्यो ।
मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावको सामना, विशेष अधिवेशन बहिष्कार वा राजीनामा के गर्ने भन्ने विषयमा छलफल गरेका थिए । मंगलबार दिनभरि नै केन्द्र र प्रदेशका एमाले नेतासँग छलफल गरेका भए पनि निष्कर्ष निस्केन । विपक्षी गठबन्धनका ३४ प्रदेशसभा सदस्यले सरकारविरुद्ध साउन १९ गते तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन माग गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले उक्त मागअनुसार आजका लागि विशेष अधिवेशन आह्वान गरेपछि त्यसलाई रोक्नका लागि मुख्यमन्त्री पोखरेल २२ गते काठमाडौं पुगेका थिए ।
विशेष अधिवेशन रोक्न माग गर्दै प्रदेशसभा सदस्य लीला गिरीमार्फत दर्ता गराइएको रिट मंगलबारका लागि पेसी तोकिएको थियो । तर सर्वोच्चले सुनुवाइ नै नगरी ‘हेर्न नभ्याइने’ सूचीमा राखिदिएपछि मुख्यमन्त्री पोखरेल थप संकटमा परेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २७ साउन २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि
बुद्ध जन्मभूमि लुम्बिनी गौरवको केन्द्र: मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने