लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ

सफल खबर संवाददाता

सोमबार, २५ जेठ २०८३, १२ : २३
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ

काठमाडौँ। लुम्बिनी प्रदेश सरकारको पुनर्गठित मन्त्रिपरिषदमा समावेश भएका पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

यसअघि मन्त्रिपरिषद् पुनर्गठनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री नियुक्त भएका थिए।

पुनर्गठित मन्त्रिपरिषद्अनुसार एमालेका तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा नियुक्त भएका छन्।

यस्तै, जसपाका भण्डारीलाल अहिर लाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यले गत २० गते मन्त्री नियुक्तिका लागि सिफारिस गरेका थिए। तर प्रदेश प्रमुख प्रदेश बाहिर रहेकाले शपथ ग्रहण कार्यक्रम तत्काल हुन नसकेको र आज औपचारिक रूपमा सम्पन्न गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस