काठमाडौं । दाङमा लेनदेन मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दाङ देउखुरी जिल्ला अदालतबाट २०७६ असार १९ गते लेनदेन मुद्दामा दुई वर्ष कैद सजाय फैसला भई फरार रहेका घोराही उपमहानगरपालिका १५ निवासी ४३ वर्षिय जिवन केसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
नलाई आइतबार अन्दाजी दिउँसो ३ बजेतिर तुलसीपुर ५ मा लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । पक्राउ परेका उनलाई सोमबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ साउन २०७८, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ