काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकार र सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन्छ ।”
मन्त्री शर्माले कोभिड–१९ महामारीमा मिडिया क्षेत्रले भोग्नु परेको आर्थिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिडका कारण बन्द हुने अवस्थामा पुगेका साना तथा मझौला मिडियालाई जोगाउने गरी सो क्षेत्रको सुझावका आधारमा राहतको व्यवस्था गर्ने बताए ।
उनले भने, “यति बेला मुख्य गरी श्रमिक वर्ग मर्कामा परेको छ, रोजगारी खोसिएको छ, त्यसलाई सामूहिक छलफलबाट समाधान गर्नुपर्छ ।”
मन्त्री शर्माले विगतका सरकारले मिडियाबारे गरेको व्यवस्थालाई कार्यान्वयन गर्ने र मिडियाबारे ऐन÷कानुन, संस्थागत संरचना, क्षमता र परिणाममा सुधार गर्नुपर्नेमा जोड दिए ।
महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले कोरोनाको बहानामा सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, रोजगारीबाट वञ्चित गर्ने र तलब नदिने जस्ता समस्या देखिएको बताउँदै मिडियाले भोगिरहेको आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह गरे । सरकारले उपलब्ध गराउने विज्ञापनमा साना र ठूला सबै मिडियाको पहँुच हुनुपर्ने तथा मिडियासम्बन्धी ऐन सञ्चारमैत्री हुनुपर्नेमा उहाँले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ साउन २०७८, २० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यमान समस्या समाधानको लागि जनार्दन शर्माले दिए यस्तो सुझाव...
समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ: जनार्दन शर्मा
कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक : जनार्दन शर्मा
संसद्, सरकार र अदालतको गतिविधिकै कारण जनतामा असन्तुष्टि बढ्यो : जनार्दन शर्मा
‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु' : जनार्दन शर्मा
पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो, महाधिवेशनबाट पुनर्गठन हुन्छ: जनार्दन शर्मा