काठमाडौं । नेकपा एमालेले जनार्दन शर्माको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग २०८४ को स्थानीय तह तथा प्रदेशसभा चुनावसम्म लक्षित गरेर चुनावी तालमेल योजना बनाएको छ ।
सोही योजना अनुसार आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा रुकुम पूर्व र रुकुम पश्चिम प्रलोपालाई दिएर एमालेले कर्णाली र लुम्बिनीका ११ जिल्लामा प्रलोपाको समर्थन लिने सहमति गरेको छ ।
यो चुनावी तालमेल ०८४ को स्थानीय तह तथा प्रदेश सभा चुनावसम्म कायम राख्ने गरी सहमति भएको एमालेका एक पदाधिकारीले बताए । सहमति पत्रमा एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) र प्रलोपाका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।
सारमा देखाउँदा अहिले फागुन २१ को चुनावको मात्र सहमति देखाएपनि यो २०८४ को स्थानीय तथा प्रदेश सभा चुनावसम्मै कायम गर्ने गरी बनाइएको हो । सहमति अनुसार, रुकुम पश्चिममा प्रलोपा उम्मेदवार जनार्दन शर्मा तथा रुकुम पूर्वमा पनि प्रलोपा उम्मेदवार सन्दीप पुनलाई एमालेले आगामी फागुन २१ को चुनावमा सहयोग गर्नेछ ।
यो सहमति पछि एमालेका दुवै क्षेत्रका उम्मेदवारको उम्मेदवारी कायमै रहेपनि अन्य गतिविधि भने निष्क्रिय बन्ने छ । एमालेले दुवै क्षेत्रका उम्मेदवारलाई २०८४ को प्रदेश सभा चुनावमा प्रलोपाको साथ लिएर जिताउने भन्दै अहिले सहमति मानेर जान सर्कुलर गरेको छ ।
एमालेले रुकुम पूर्वमा लीलामणि गौतम र रुकुम पश्चिममा नन्दराम देवकोटालाई उम्मेदवार बनाएको थियो । अब यी दुवै उम्मेदवारलाई २०८४ मा हुने प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाएर प्रलोपाको साथ लिएर चुनाव जिताउने बचन दिइएको छ । नेपाली कम्युनिष्ट पार्टी छोडेर जनार्दनले बाबुराम भट्टराई, सन्तोष परियार लगायतसँग मिलेर प्रलोपा पार्टी गठन गरेका छन् ।
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गोपाल शर्मा (अनल) र रुकुम पूर्वमा पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवार छन् । जनार्दनको ध्यान अहिले आफु चुनाव जिते नजिते पनि प्रचण्ड र प्रचण्ड नेतृत्वको पार्टीलाई भने जसरी पनि हराउने योजनामा छन् । त्यही क्रममा उनले आफ्नो क्षेत्र आफु जित्न र प्रचण्ड उठेको क्षेत्रमा प्रचण्डलाई पराजित गराउन मात्रै ध्यान दिएका छन् । त्यसका लागि उनले कर्णाली र लुम्बिनीका ११ जिल्लामा एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति गराएका छन् ।
जनार्दनले एमालेसँग चुनावी तालमेल गर्ने विषयमा भने नेकपा सुरु देखि नै प्रष्ट देखिएको थियो । तत्कालिन माओवादीभित्र जनार्दनले विवाद निकालिरहँदा एमाले अध्यक्ष ओलीको योजनामा शर्मा चलेको आरोप उनीमाथी थियो । त्यक्तिमात्रै होइन, दुई साता अगाडी मात्रै शर्मा र ओलीका बीचमा भक्तपुरको गुन्डुमा भएको छलफलमा तालमेलकै बारेमा कुरा भएको र ओलीले सूर्य चिन्ह्रमै उठ्न जनार्दनलाई आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।
तर शर्माले त्यसबेला जति खण्डन गरेपनि अहिले चुनावी तालमेलले त्यसलाई पुष्टि गरेको छ । शर्माले नयाँ पार्टी बनाएपनि उनको पक्षमा रुकुम पश्चिममा तत्कालिन माओवादी नेता कार्यकर्ता खास नगएपछि उनले चुनावमा एमालेकै साहारा खोजेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०८२, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित
एमालेमा दुई उपाध्यक्षको ‘जुहारी’, बढ्यो तिक्तता