रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

सफल खबर संवाददाता

शुक्रबार, २२ फागुन २०८२, १२ : ३७
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता

रुकुम । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीले अग्रता बनाएको छ। पछिल्लो मत परिणाम अनुसार जनार्दन शर्माले ४१२ मत ल्याएर अग्रता बनाएका हुन्।

नेकपाको गोपाल शर्माले २८७ मत ल्याएर पछ्याइरहेका छन्। कांग्रेसका राजु केसीले ८८, रास्वपाका मानबहादुर शाहीले ८२ मत ल्याउँदा नेकपा माओवादीका चन्द्रबहादुर बुढाले ४ मत ल्याएका छन्।

अहिलेसम्म ९०२ मत गणना हुँदा ४० मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस