काठमाडौं । तेत्तिस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ ।
मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १५ साउन २०७८, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ