काठमाडौँ । स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।
६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललिततामाङ रहेका छन् ।
मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा उक्त गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ साउन २०७८, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ