काठमाडौँ । स्कारपियो गाडीमा लुकाइछिपाइ राखिएको प्रतिबन्धित लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ ।
६५ किलो गाँजासहित बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडी हेटौँडा उपमहानगरपालिका १९ नेवार पानीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललिततामाङ रहेका छन् ।
मनहरिबाट हेटौँडा आउँदै गरेको गाडी जाँच गर्दा उक्त गाडीमा लुकाइछिपाइ ल्याएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ साउन २०७८, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ