गण्डकीमा सरकारले पायो पूर्णता, जसपाद्वारा बहिष्कार

पत्रपत्रिकाबाट

शनिबार, ०९ साउन २०७८, ०७ : ५२
गण्डकीमा सरकारले पायो पूर्णता, जसपाद्वारा बहिष्कार

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।

सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन् ।

सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्दै मन्त्री बनेका बरालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, बिन्दुकुमारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । यसअघि मन्त्रिपरिषद् पाँच सदस्यीय थियो ।

त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटे विश्वकर्मा छनोट भएपनि अन्तिम क्षणमा उनको सट्टा थापालाई मन्त्री बनाइएको हो । यतिसम्म कि विश्वकर्मालाई शपथका लागि निमन्त्रणासमेत गरिएको थियो । तर केन्द्रीय नेताहरूको दबाबका कारण विश्वकर्माको स्थानमा थापालाई मन्त्री बनाइएको स्रोतको दाबी छ । थापा पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।

११ सदस्यीय मन्त्रिमण्डलमा यसअघि मन्त्री बनेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । सुरुका केही दिन बिनाविभागीय मन्त्री बनेका उनलाई बीचमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस