पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।
सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेश प्रमुख सीता पौडेलले शपथ गराइन् ।
सरकारमा माओवादी केन्द्रका तर्फबाट नेतृत्व गर्दै मन्त्री बनेका बरालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास, बिन्दुकुमारले कानुन, सञ्चार तथा प्रदेशसभा मामिला र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सरकारमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रका तीनतीन मन्त्री थपिएका हुन् । थपिएका मन्त्रीमा माओवादी केन्द्रका रामजीप्रसाद बराल, दीपक थापा र चन्द्रबहादुर बुढा तथा नेपाली कांग्रेसका मेखलाल श्रेष्ठ, मणिभद्र शर्मा र बिन्दुकुमार थापा छन् । यसअघि मन्त्रिपरिषद् पाँच सदस्यीय थियो ।
त्यसअघि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट डोबाटे विश्वकर्मा छनोट भएपनि अन्तिम क्षणमा उनको सट्टा थापालाई मन्त्री बनाइएको हो । यतिसम्म कि विश्वकर्मालाई शपथका लागि निमन्त्रणासमेत गरिएको थियो । तर केन्द्रीय नेताहरूको दबाबका कारण विश्वकर्माको स्थानमा थापालाई मन्त्री बनाइएको स्रोतको दाबी छ । थापा पार्टीमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन् ।
११ सदस्यीय मन्त्रिमण्डलमा यसअघि मन्त्री बनेका कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । सुरुका केही दिन बिनाविभागीय मन्त्री बनेका उनलाई बीचमा शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ साउन २०७८, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती