काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली एकाएक यु–टर्न भएर वरिष्ठ नेता माधवकुमार नेपाल समूहप्रति लचिलो देखिएका छन्। तर यो यु–टर्न पनि ओलीको ‘जालझेल’ हुने सक्ने आशंकाले नेपाल समूह विश्वस्त देखिएको छैन। ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहका नेताहरूको भनाइ छ।
पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएपछि बसेको केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टीको आन्तरिक विवाद मिलाउन दबाब दिएपछि अध्यक्ष ओली यु–टर्न भएका हुन्। बालुवाटारबाट निजी निवास सर्नेक्रममा नेपालबाहेक अरू नेतालाई पार्टीमा स्वागत गरिने तर नेपालका लागि कुनै स्थान नरहेको बताएका ओलीले अहिले आएर सबैलाई आममाफी दिने घोषणा गरेका छन्।
सर्वोच्च अदालतले असार २८ मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि उनले असार ३० मा नेपाललाई गद्दार घोषणा गर्दै पार्टीभित्र कुनै स्थान नभएको बताएका थिए। तर सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अधिकांश नेताले पार्टी एकता रहेमात्रै उपलब्धि जोगाउन र हासिल गर्न सकिने नत्र पार्टी नै गम्भीर संकटमा पर्ने भएकाले सबैलाई समेट्दै एकताको पक्षमा उभिन ओलीलाई दबाब दिएका थिए।
सोमबारको बैठकबाट नेपाल पक्षका २३ जना सांसदलाई स्पष्टीकरण सोधेका ओली बिहीबार सबैलाई आममाफी दिने घोषणा गर्न बाध्य भए। ‘हामी को, कहाँ छौं, त्यो कुरा छाडिदिऊँ ,देश र जनताको कुरा गरौं, अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं, आउनुस् मिलेर काम गरौं,’ ओलीले बिहीबार राजधानीमा अयोजित एक कार्यक्रममा भने। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०८ साउन २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल