काठमाडौं । केपी ओली र विद्या भण्डारीको मिलेमतो दोस्रो पटक विघटन गरिएको प्रतिनिधीसभा पूनर्स्थापना भएपछि आज दिउँसो ४ बजे संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा आफना पार्टीका सांसदहरुलाई संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रीत रहेर सवैजसो पार्टीले प्रशिक्षात्मक बैठक चलाउँदैछन् ।
एमालेले पार्टी विपक्षमा बस्ने भन्दै देउवाको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिइसकेको छ । नेपाल पक्षले विश्वासको पक्षमा मतदान गर्ने बताइरहँदा एमालेले त्यस्तो निर्णय गरेको हो । सत्तासिन दल माओवादी केन्द्र र कांग्रेसको भने आज संसदीय दलको बैठक बस्दैछ । माओवादीको अहिले विहान ११ बजे सिंह्दरबारस्थित दलको कार्यलयमा संसदीय दलको बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभा र राष्टि«य सभा दुवै संसदका सांसदहरुलाई अध्यक्ष प्रचण्डले संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रीत रहेर प्रशिक्षण दिनेछन् ।
त्यसपछि प्रतिपक्षी एमालेको ओली पक्षले अबलम्वन गर्न सक्ने रणनीतिको जुधेर प्रतिरोध गर्ने र सरकारको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा बैठकले ठोस निर्णय लिन सक्ने माओवादी केन्द्रका एक सांसदले बताए । माओवादी अहिले काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा सहभागी छ । दुई जना पार्टी नेताले मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यस्तै सत्ताको नेतृत्व गरिरहेको कांग्रेसको पनि संसदीय दलको बठक वस्दैछ । दिउँसो २ वजे दल नेता समेत रहेका प्रधानमनत्री शेरवहादुर देउवाले काग्रेस संसदीय दलको बैठक बोलाएका छन् । बैठक नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्दैछ । यो बैठकमा संसदमा कांग्रेसले खेल्नुपर्ने भूमिकाका विषयमा केन्द्रीत रहेर नेताहरुले सांसदहरुलाई प्रशिक्षणात्मक निर्देशन गर्ने बताइएको छ ।
प्रतिपक्षी एमालेले विश्वासको मत लिने सवालमा पार्न सक्ने जटिलताको विषयमा पनि कांग्रेस बैठकमा छलफल हुने र देउवाको पक्षमा विश्वासको मतका लागि वातावरण बनाउने तयारी कांग्रेसको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’