काठमाडौँ । कास्की प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूबाट नगद रकम तथा ताससमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार वैशाख २६ गते पोखरा महानगरपालिका-१७ स्थित रामदर्शन टोलमा जुवा भइरहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाइबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले साँझ करिब ६ बजे उक्त स्थानमा छापा मारेर जुवाखेलमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनास्थलबाट ५९ हजार रुपैयाँ नगद र २१२ पत्ती तास बरामद गरिएको प्रहरीले उल्लेख गरेको छ।
पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा तथा सट्टेबाजीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, १२ : २९
लेखकबाट थप