काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ ।
अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेकामा सर्वाेच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बोलाउन आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० असार २०७८, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने