काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा झिनो अकंले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.०१ अंकले बढेर २ हजार ८७२.०५ विन्दु कायम भएको हो ।
तर, यता आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स भने ०.१४ अंकले घटेर ५३९.३८ विन्दुमा झरेको छ । यस दिन होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, म्युचुअल फण्ड र लगानी क्षेत्रका समूहहरुबाहेक अन्य सबै समूह ऋणात्मक भएका छन् ।
आज कुल २१४ कम्पनीका ४ करोड ४७ लाख माथि कित्ता सेयर ५० हजार ५९१ पटक किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाखको कारोबार भएको छ । गत मंगलबार १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुग्दा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० असार २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार