विराटनगर । विराटनगरमा मादक पदार्थ सेवन गरि सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् ।
साजन राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पु¥याएको थियो ।
अस्पताल पुर्याउनसाथ अस्पतालले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए । दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या