काठमाडौँ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई निजी निवासमा गोली हानी हत्या गरिएको छ ।
हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको छ ।
मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आउनुभएको थियो । उहाँको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उहाँलाई पनि दोषी मानिँदै आएको थियो ।
अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ असार २०७८, २१ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु