काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौंँ, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो ।
पूर्वप्रधानमन्त्री देउवाले आज शोेक विज्ञप्तिमार्फत नेपाल टे«ड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको निधनको खबरले आफूलाई अत्यन्तै दुःखित तुल्याएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा दल र आफ्नातर्फबाट समवेदना व्यक्त गरेका हुन् ।
कुँवर स्थानीय तह निर्वाचन २०७४ सालमा पार्टीका तर्फबाट पोखरा महानगरपालिकाका प्रमुखका उम्मेदवारसमेत थिए ।
कुँवरले कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको श्रमिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टी र नेपालको ट्रेड युनियन आन्दोलनमा अपूरणीय क्षति पुगेको पार्टी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ असार २०७८, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा
कांग्रेसको सहमती अनुसार नै सरकार अघि बढेको छ: शेरबहादुर देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै