काठमाडौं । क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रजिनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर गत वैशाख १३ गते प्राप्त भएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई काभ्रे बनेपा नगरपालिका-२ दाहालगाउँबाट फेला पारी पक्राउ गरेको हो ।
साथै प्रजिनले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनि प्रलोभनमा पारेर करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएको छ ।
प्रजिनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ असार २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ