काठमाडौं । सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ । सर्वाेच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै काम कारवाही र सेवामा थप्ने निर्णय गरेको हो ।
सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकले सङक्रमण घटदै गएपछि कामकारवाही र सेवालाई विस्तार गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार अहिलेको व्यवस्थापन र सेवाप्रवाहलाई यही असार १४ गतेसम्म निरन्तरता दिइने छ ।
उहाँले प्रचलित कानून वमोजिम हुनसक्ने मिलापत्र र मुद्दा फिर्तासम्बन्धि कारवाही, व्यक्तिको तर्फबाट पर्न आएका दोहो¥याइ पाउँ भन्ने निवेदनको सुनवाइ र विपक्षी झिकाउने आदेश नभएका साधकको सुनवाइ यही असार १४ गतेसम्म निरन्तरता दिने बताए ।
यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायधीकरणको काम कारवाही तथा सेवाप्रवाह एवम् हदम्याद, म्याद र तारेखसमेतका विषय भने गत बैशाख १४ गतेको सर्वोच्चको पूर्ण बैठक अनुसार गर्ने भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ असार २०७८, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार