काठमाडौं । जिल्लाको जगन्नाथ गाउँपालिका–४ की एक महिला सुत्केरी हुन नसक्दा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सोही गाउँपालिका–४ नाराकोटकी २५ वर्षीया कमला भण्डारीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले राससलाई जानकारी दिए ।
महिलाको पहिलो बच्चा पाउने बेला अप्रेसन भएको र अहिले बच्चा पाउन कठिनाइ भएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको सिफारिसमा हेलिकप्टरमा नेपालगञ्ज लगिएको प्रजिअ अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ असार २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुन्दरीजल खोलामा फसेका चार भारतीयसहित पाँचजनाको उद्धार
रसुवागढी हाइड्रोपावरमा फसेका २३ जनाको हेलिकप्टरमार्फत उद्धार
त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
नारायणी नदीमा बग्दै आएका पुरुषको जीवितै उद्धार
भारतले इरानबाट १० नेपालीलाई उद्धार गर्ने
इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने