भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । समय अगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सङ्गीता राईले जानकारी दिइन् ।
रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो । सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा सुत्केरी मृत फेला
काभ्रेका बाढी प्रभावित गर्भवती र सुत्केरीलाई ब्लाङ्केट वितरण
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली