रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

सफल खबर संवाददाता

मंगलबार, २२ बैशाख २०८३, ०७ : ०७
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका पाँच वटा माइक्रो बसको उद्धार भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाँच माइक्रो बस र ति माइक्रोमा सवार ८९ यात्रुलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए।

सोमबार रोशी गाउँपालिका–९ अन्तर्गत लास्कोट र चार सय बेशी क्षेत्रको बीच भागमा पर्ने नदीको दुई धारबीचमा गाडी अड्किएका थिए ।

विष्टका अनुसार लामो प्रयासपछि राति १ बजे यात्रु र गाडीको उद्धार गरेर गन्तव्यतर्फ पठाइएको हो ।