काठमाडौं । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा र विपत् व्यवस्थापनका लागि नेपाली सेनालाई सुदृढ र सबल बनाइने भएको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल उच्च राख्न हाल खाइपाइआएको राशन भत्तामा १५ प्रतिशतले वृद्धि भएको छ। सुरक्षाकर्मीले सुगम, दुर्गम र अति दुर्गम जिल्लाका आधारमा राशन भत्ता पाउने गर्छन्।
आव २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेनाको बङ्करदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन तथा भौतिक पूर्वाधार निर्माणका लागि थप बजेटको व्यवस्था गरिएको उनले बताए ।
यसैगरी विपत् व्यवस्थापनका लागि आवश्यक रणनीति, पूर्वतयारी, खोज उद्धार र राहतको व्यवस्थालाई पनि प्रभावकारी तुल्याइने भएको छ। यसका लागि अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गरिने छ। गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १६ जेठ २०७८, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)