काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादीका नेता वर्षमान पुनले कामचलाउ सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले ल्याएको १६ खर्ब ४७ अर्व ५७ करोडको बजेट बेवारिसे बन्ने बताएका छन् ।
प्रस्तुत बजेटले संसद पुनस्र्थापना हुने विश्वास राखेको समेत पुनले बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ‘प्रतिनिधिसभा चुनावका लागि आवश्यक बजेट छुट्याएको’ उल्लेख गरेका छन् । पूर्वअर्थमन्त्री पुनले यो अभिव्यक्तिले चुनाव हुन्छ भन्ने नदेखिएको बताए ।
‘कामचलाउ सरकारले अहिले बजेट ल्याउने बेला नै होइन । अझै डेढ महिना चालु बजेटले काम गर्छ । अर्काेतिर कामचलाउ सरकारले यो गर्नै मिल्दैन,’ पुनले भने ।
उनले जनप्रतिनिधि विना कर लगाउन, करका दायरा घटाउन या बढाउन नपाइने भन्दै यो अनावश्यक र सस्तो लोकप्रियताका लागि गरेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन