काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा माओवादीका नेता वर्षमान पुनले कामचलाउ सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले ल्याएको १६ खर्ब ४७ अर्व ५७ करोडको बजेट बेवारिसे बन्ने बताएका छन् ।
प्रस्तुत बजेटले संसद पुनस्र्थापना हुने विश्वास राखेको समेत पुनले बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ‘प्रतिनिधिसभा चुनावका लागि आवश्यक बजेट छुट्याएको’ उल्लेख गरेका छन् । पूर्वअर्थमन्त्री पुनले यो अभिव्यक्तिले चुनाव हुन्छ भन्ने नदेखिएको बताए ।
‘कामचलाउ सरकारले अहिले बजेट ल्याउने बेला नै होइन । अझै डेढ महिना चालु बजेटले काम गर्छ । अर्काेतिर कामचलाउ सरकारले यो गर्नै मिल्दैन,’ पुनले भने ।
उनले जनप्रतिनिधि विना कर लगाउन, करका दायरा घटाउन या बढाउन नपाइने भन्दै यो अनावश्यक र सस्तो लोकप्रियताका लागि गरेको टिप्पणी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन