काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन् ।
मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ जेठ २०८३, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य नहुने’ : परराष्ट्र मन्त्री खनाल
परराष्ट्र मन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान
‘सुशासन र तीव्र आर्थिक विकास सरकारको प्राथमिकतामा छ’ : परराष्ट्र मन्त्री खनाल
नेपालको हवाई क्षेत्र ईयू कालोसूचीबाट हटाउन परराष्ट्र मन्त्री खनालको आग्रह
नयाँ सरकारको प्राथमिकताबारे चीनको चासो रहेको परराष्ट्र मन्त्री खनालको भनाइ