राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा झापा संघर्षका तीनजना एमाले नेता गणतन्त्रको विरुद्धमा थिए : नेता गौतमको खुलासा

गिरिजाप्रसाद कोइराला,माधवकुमार नेपाल,पुष्पकमल दाहाल महानायक

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, ११ : १४
राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा झापा संघर्षका तीनजना एमाले नेता गणतन्त्रको विरुद्धमा थिए : नेता गौतमको खुलासा

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसका विरुद्धमा रहेको उल्लेख गरेका छन् । 

गणतन्त्र दिवसका अवसरमा शनिबार सामाजिक संजालबाट शुभकामना सन्देश दिँदै नेता गौतमले तत्कालिन समयमा पार्टी केन्द्रीय कमिटीको बहुमतले उक्त नारा तय गर्दा गणतन्त्रका लागि संघर्ष गर्नुपर्ने भनी आफूले लिखित प्रस्ताव गरेको त्यो बेला तीन नेता गणतन्त्र विरोधी रहेको स्मरण गरेका छन् ।

उनले भनेका छन्–‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता त्यसको विरुद्धमा हुनुहुन्थ्यो ।’

उनले गणतन्त्र स्थापनामा मुख्य तीनजना नेताको हात रहेको उल्लेख गर्दै महानायकको संज्ञा दिदै भनेका छन्– ‘विसं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हुनुहुन्थ्यो ।’ 

विज्ञप्तीमा भनिएको छ–‘राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा हजारौं नेता–कार्यकर्ता तथा जनताको सहादत, त्याग र समर्पण रहेकोले सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि आव्हान गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस