काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १ बजे बस्ने

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, ११ : ०९
काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको बैठक १ बजे बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

यसअघि बिहान ११ बजे बैठक बस्ने भनिएकोमा समय परिवर्तन भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

बैठकमा उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहितामाथि छलफल र समसामयिक/विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस