काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।
निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेश सभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य आठ भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।
यसैगरी, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ ।
नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो । राजधानीन दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १५ जेठ २०७८, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने