काठमाडौं । सत्तारूढ दल एमाले औपचारिक रूपमै विभाजनतिर उन्मुख भएको छ।
सोमबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए।
उता त्यही बेला एमालेको स्थायी समिति बैठकले नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन ग¥यो। यी घटनासँगै एमालेमा विभाजनको रेखा कोरिएको हो।
‘अब औपचारिक घोषणा हुन मात्रै बाँकी छ, एमाले विभाजन भइसक्यो,’ एमालेका एक नेताले भने, ‘केही दिनमै नयाँ पार्टी गठन हुनेछ।’एमाले स्थायी कमिटी बैठकले नेपाल, खनालसहित ११ नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्कासन गरेको छ।
निष्कासन गरिएका अन्य नेताहरूमा भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरु छन्। शनिबार मात्रै उनीहरूलाई पार्टी हितविपरीत काम गरेको भनी तीन दिनभित्र जबाफ दिन भन्दै स्पष्टीकरण सोधिएको थियो। तर उनीहरू ११ जनाले नै कुनै पनि प्रकारको जबाफ दिएनन्।
सोही बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी हस्ताक्षर गरी सर्वोच्च अदालत जानेमध्येका थप १२ एमाले सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
ती सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, झलनाथ खनाल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट, नारायण खतिवडा रहेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। योगेश भट्टराई, गोकर्ण विष्ट, गणेश पहाडी र राजबहादुर विष्टलाई भन स्पष्टीकरण सोधिएको छैन। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ११ जेठ २०७८, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?
एमालेको विधान महाधिवेशन : प्रतिनिधिलाई प्रवेश शुल्क नलाग्ने, आवासको ब्यवस्थापन आफैं गर्नुपर्ने
विधानमा सुझाव दिन एमाले कोशीमा १० सदस्यीय कार्यदल