बारा । रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ ।
आज विहान सवा १० बजे ना ४ ख ४७४९ नम्बरको बस दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।
बस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको यात्रु तथा जन्ती नासिर मियाले बताए । बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते