काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग खेल्दै छ । नेपालले समूह ‘ए’ को विजेताको रूपमा समूह ‘बी’ को उपविजेता बंगलादेशसँगमा आज नेपाली समय ४:१५ खेल्नेछ । ।
यो खेल भारतको गोवास्थित जवारलाल नेहरु स्टेडियममा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई १-० र दोस्रो खेलमा श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
नेपालले सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्न अघिल्ला २ खेलहरूमा भन्दा निकै मेहनत गर्नुपर्ने प्रमुख प्रशिक्षक नवीन न्यौपानेले खेल अगाडि पत्रकारसँग बताएका छन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने