सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सफल खबर संवाददाता

बुधबार, २० जेठ २०८३, ११ : १७
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ । मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज एक तोला चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । हिजो त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४०५ मा किनबेच भएको थियो । 

प्रतिक्रिया दिनुहोस