काठमाडौ । बि एन्ड सी मेडिकल कलेजका सञ्चालन दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएका छन्। प्रसाईंले सार्वजनिक भएको टेलिफोन संवादमा ‘तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भनेका छन्। साथै, ‘डाका’ शब्द प्रयोग गर्दै धम्कीको भाषा बोलेका छन्।
प्रसाईंको कलेजले विवादास्पद प्रक्रियाबाट सम्बन्धन लिन लागेको विषयमा आवाज उठाएका सुवेदीलाई प्रसाईंले ‘तँ को होस्, संविधान होस् ? कानुन होस् ?’ भन्दै प्रश्न गरेका छन्। संवादमा बि एन्ड सीको उपचार शुल्क महँगो भएको विषयमा पनि चर्चा छ। तर, प्रसाईंले ‘तेरो बाउले दिन्छ बैंकको ब्याज ? तेरो बाउले तलब दिन्छ ?’ भन्दै गालीगलौज गरेका छन्। सुवेदीले भने ‘नेपाली जनताले चाहिँ त्यत्रो पैसा कहाँबाट ल्याउँछन् ?’ भन्दै प्रतिप्रश्न गरेका छन्।
धम्कीको सोलिडारिटी फर डा केसी अलायन्सले पनि विरोध जनाएको छ। ‘प्रधानमन्त्री ओलीद्वारा संरक्षित व्यक्तिले गुण्डागर्दीपूर्वक हाम्रो अभियानका अभियन्ता सुवेदीलाई धम्क्याउने कार्यको सोलिडारिटी फर डा केसी अलायन्स कडा निन्दा गर्दछ नागरिकहरुको जिउधनको सुरक्षाका लागि बनेको सरकारका प्रधानमन्त्रीले नै यस्ता गुण्डागर्दी र अवैध कार्यलाई संरक्षण र प्रोत्साहन गरेपछि नागरिकले सुरक्षाका लागि कसको मुख ताक्ने भन्ने प्रश्न अहिले खडा भएको छ,’ अलायन्सको तर्फबाट संयोजक जीवन क्षेत्रीले विज्ञप्ति जारी गर्दै भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई