दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा

सफल खबर संवाददाता

विहीबार, २१ जेठ २०८३, ०८ : ३१
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा

काठमाडौँ । पूर्वपञ्चहरुको पार्टी राप्रपा विभाजनको अवस्थामा पुगेको छ । पार्टी महामन्त्री धवलशमशेर राणाले राप्रपा छाडेर नयाँ अभियानको घोषणा गरेका छन् भने निकट भविष्यमै नयाँ पार्टी घोषणाको तयारी छ । 

उनले नयाँ पार्टी निर्माणका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग छलफल गरिरहेका छन् । प्रसाईं राणासँग मिलेर नयाँ पार्टी बनाउन सहमत भएकाले अब मलमास सकिएसँगै पार्टीले नयाँ आकार लिने स्रोतको दाबी छ । 

पार्टी एक बन्न भएपछि राणा र प्रसाईंले आफ्नो विश्वास पात्रका रुपमा नेता सगुन लावतीलाई भारत पठाएका छन् । उनी भारतका विभिन्न ठाउँमा पुगेर राजनीतिक भेटवार्तामा सहभागी हुने बताइएको छ । नयाँ पार्टी निर्माणका क्रममा लावतीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

तर, ह्वाट्सएपमार्फत सम्पर्कमा आएका लावतीले भने आफू नितान्त व्यक्तिगत भ्रमणमा भारत आएको बताए । उनले भ्रमणलाई राजनीतिक रुप दिन जरुरी नभएको बताए । तर, स्रोतले भने विश्वास पात्रका रुपमा लावतीलाई राण र प्रसाईंले सल्लाहमै भारत पठाएको बताइएको छ ।