काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपालसहित ११ सांसदलाई कारबाहीको लागि आज स्पष्टीकरण पत्र पठाउँदैछ ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहित ११ सांसदलाई स्पष्टीकरण पत्र पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये ११ जनालाई मात्र स्पष्टीकरण सोध्ने निर्णय गरेको एमालेले जनाएको छ ।
एमालेका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका भनिएका २६ सांसदमध्ये केहीले हस्ताक्षर दुरुपयोग भनेका र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनमात्र हस्ताक्षर गरेका कारण सबैलाई स्पष्टीकरण सोध्न नपर्ने बताए ।
एमालेले खनाल र नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई आजै स्पष्टीकरणको पत्र पठाउने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल
हाम्रो पार्टीले उथलपुथल ल्याउनसक्छ: माधव नेपाल
चुनौतीको सामना गर्न आँट नगर्नेले जीवनमा गरेर खाँदैन : माधव नेपाल