काठमाडौं । नेकपा (एमालेको) विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा आज साँझ ७ बजे बैठक तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेतृत्व गरिरहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
मंगलबार सिंहदरबारमै दिउँसो १ बजेपछि बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।
पार्टीमा एकता–समझदारीलाई वृद्धि गर्न तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गर्दै हिजोको बैठक सकिएको थियो ।
आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प