काठमाडौं । नेकपा (एमालेको) विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारमा आज साँझ ७ बजे बैठक तय गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नेतृत्व गरिरहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
मंगलबार सिंहदरबारमै दिउँसो १ बजेपछि बसेको बैठकले कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने निर्णय गरेको थियो । त्यस्तै पार्टीमा देखिएका समस्याहरूलाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले पार्टी पंक्तिलाई सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।
पार्टीमा एकता–समझदारीलाई वृद्धि गर्न तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गर्दै हिजोको बैठक सकिएको थियो ।
आजबाट कार्यादेशअनुरूप छलफल आरम्भ हुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ जेठ २०७८, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न