धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुने आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्वीप जारी गरेको छ।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा मंगलबार बसेको बैठकले नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुने भएकाले त्यसको पक्षमा मतदान गर्न सबै प्रदेशसभा सदस्यलाई निर्देशन दिएको हो।
जेठ २० गते सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अहिले प्रदेस सभामा छलफल जारी छ । एमाले संसदीय दल बैठकको निर्णयअनुसार प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन, तटस्थ नरहन तथा प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलले ह्वीप जारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ जेठ २०८३, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत
महाधिवेशनमार्फत आन्तरिक असन्तुलन व्यवस्थापन गरिएको एमाले अध्यक्ष ओलीको दाबी
पार्टी गतिविधिलाई समयानुशासनमा केन्द्रित गरिने एमालेको प्रतिबद्धता